दफा ७क
तथ्याङ्क सङ्कलन गर्न केन्द्रीय तथ्याङ्क विभागको स्वीकृति प्राप्त गर्नु पर्ने

(१) कुनै सरकारी कार्यालय, सरकारीस्वामित्व भएको वा यस उद्देश्यको लागि सरकारी सहायता प्राप्त संस्था वा विदेशी व्यक्ति वा संस्थाले व्यावसायिक उद्देश्यले कुनै आर्थिक कुराको लगत, खबर वा तथ्याङ्क सङ्कलन गर्न चाहेमा केन्द्रीय तथ्याङ्कविभागबाट स्वीकृति प्राप्त गर्नु पर्छ ।

(२)उपदफा (१) बमोजिम तथ्याङ्क सङ्कलन गर्नको निमित्त स्वीकृति प्राप्त गर्न चाहने व्यक्ति वा संस्थाले सम्बन्धित तथ्याङ्क सङ्कलन गर्नु परेको कारण सो सङ्कलन गरिने इलाका सङ्कलन गर्दा अपनाइने प्रणाली वा कार्यक्रमको सम्बन्धमा विस्तृत विवरण केन्द्रीय तथ्याङ्कविभागमा पेश गर्नु पर्नेछ ।

(३)उपदफा (१) बमोजिमको तथ्याङ्क सङ्कलन गर्न मनासिब देखिएमा केन्द्रीय तथ्याङ्क विभागले स्वीकृति दिनेछ र त्यसरी स्वीकृति दिंदा सो विभागले तथ्याङ्क सङ्कलन गर्दा अपनाउनु पर्ने प्रणाली र आवश्यक देखिएका अन्य शर्त समेत तोकिदिन सक्नेछ ।